न्यायपरिषदद्धारा उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस
नेपाल बोली
२९ भाद्र २०८०, शुक्रबार
शुक्रबार बसेको परिषदको बैठकले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि उनीहरु न्यायाधीश हुनेछन् ।
नायव महान्यायाधीवक्ता एवं वेपत्ता छानबिन समितिका सचिवको जिम्मेवारीमा रहेका श्यामकुमार भट्टराईलाई १ नम्बर वरीयतामा राखी न्यायपरिषदले उच्च अदालतमा २७ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।
सरकारी वकिल, न्यायप्रशासन र कानुन समूहबाट १र१ जना सिफारिस भएका छन् । १८ जना जिल्ला न्यायाधीश छन् भने बाँकी ६ जना कानुन व्यवसायीबाट सिफारिस भएका छन् ।परिषदले भट्टराईपछि विभिन्न जिल्ला अदालतमा कार्यरत १८ जना न्यायाधीशलाई माथिल्लो वरीयतामा पर्ने गरी सिफारिस गरेको छ ।
सिफारिसमा परेकाहरुको सूची
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै