आजको मौसम पूर्वानुमान- लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
नेपाल बोली
२९ भाद्र २०८०, शुक्रबार
जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
महाशाखाका अनुसार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै