सिआइबीद्धारा सुन प्रकरणमा विमानस्थल भन्सारका अधिकृतसहित ३ कर्मचारी पक्राउ

सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी, नायव सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपाली रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले जानकारी दिए।
उनीहरू तीनैजनामाथि अनुसन्धान अगाडि बढाइएको छ। यो सँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या ३१ पुगेको छ।