कोशीमा कांग्रेस र एमाले मिल्नु सबैभन्दा राम्रो – राजेन्द्र लिङ्देन – Nepalboli

कोशीमा कांग्रेस र एमाले मिल्नु सबैभन्दा राम्रो – राजेन्द्र लिङ्देन

   २०८० भाद्र २३, शनिबार  

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशीमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन सुझाव दिएका छन् । प्रदेश आफूहरुको प्राथमिकताको विषय नै नभएको भन्दै उनले अहिलेको व्यवस्थाका संस्थापकहरु नै मिलेर सरकार बनाउनु उचित हुने बताएका हुन् ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘सबैभन्दा पहिलो उपयोगी कुरा त अहिलेको व्यवस्थाको संस्थापकहरु मिलेर यो प्रदेशसभा जोगाए राम्रो, त्यो मौका अझै छ, (मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिन पाउने समय) ३० दिन, अर्को पनि धारामा सरकार गठन हुन सक्ने संविधानको धारा १६८ (५) बाँकी छ, मेरो शुभकामना छ कांग्रेस र एमाले मिल्नेछन्’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै