जि २० को १८औँ शिखर सम्मेलनद्धारा दिर्घकालिन, संतुलित र समावेशी विकासमा जोड
शनिवार देखि भारतको राजधानीमा सुुरु भएको जि २० को १८ औ शिखर सम्मेलनले दिर्घकालिन रुपमा सन्तुलित र समावेशीताको पक्षमा जोड दिएका छन । सम्मेलनमा सहभागी सदस्य २० र आमन्त्रीत ९ राष्टले यस्तोमा जोड दिएको शनिवार दिउसो भारतीय परराष्टमन्त्री एस जयशंकरले पत्रकारहरु संग बताएका छन । सम्मेलन स्थलमा दिउसो पत्रकारहरु संग कुरा गर्दै जयशंकरले हाम्रो लागी यो अवसर एटा आफनो संस्कृति, परंपरा र विरासत को विराट प्रर्दशन गर्ने अवसर पनि हो । जसलाई हामीले प्रर्दशन गरेका छौ ।
जयशंकरले सम्मेलनले जि २० को दिल्ली घोषणापत्रले विकास लक्ष्य र प्रगतिमा तेजी ल्याउनका लागी प्रयासहरु गर्ने र त्यस अनुसार एक कार्ययोजना ल्याउने तयारी चलीरहेको बताए ।
उनले भारतको अध्यक्षतामा जि २०मा अफ्रीकन यूनियन यसको सदस्य बन्नुु भारतको लागी गर्वको विषय पनि भएको बताए । शनिवार सम्मेलनको उद्धघाटन सत्रमा अफ्रीकन यूनियनलाई जि २० को सदस्य बनाउने घोषणा गरेका थिए ।
उनले जि २० राष्टका सबै नेताहरु संयुक्त घोषणा पत्रमा सहमत भईसकेको पनि जानकारी दिएका छन । संयुक्त घोषणा पत्रमा दिर्घकालिन, संतुलित र समावेशी विकास को बढ़ावा दिनुको साथै एसडीजीमा प्रगति दु्रत गतिले ल्याउने गरि एक कार्य योजना बनाउने सहमती भएको उनले बताए । साथै एउटा स्थायी भविष्यको लागी हरित विकास समझौते को पनि परिकल्पना गरिएको छ । त्यसको सार्थ स्थायी विकास को लागी अन्य कार्यक्रमहरु पनि तय गरिएको छ ।
पत्रकार सम्मेलन अघि शिखर सम्मेलनको दास्रो बैठकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जि २० शिखर सम्म्ेलनको संयुक्त घोषणा पत्रमा सहमती जुटेको बताएक थिए । उनले त्यसका लागी सबै सहभागीहरुलाई धन्यवाद समेत दिएका छन ।