जी-२० शिखर सम्मेलनको सम्पुर्ण तयारी पुरा, विश्वका शक्तिशाली नेताहरू दिल्लीमा – Nepalboli

जी-२० शिखर सम्मेलनको सम्पुर्ण तयारी पुरा, विश्वका शक्तिशाली नेताहरू दिल्लीमा

   २२ भाद्र २०८०, शुक्रबार  

जी-२० शिखर सम्मेलनमा भाग लिन विश्वका शक्तिशाली नेताहरू दिल्लीमा उत्रने क्रम जारी छ । अवेर राती सम्म जी-२० मा सहभागी १९ देश सहित आमन्त्रित ९ देशका प्रमुख तथा प्रभावशाली नेताहरु दिल्ली आउदै छन ।

सम्मेलनको पुुर्वसन्ध्यामा नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारत सरकारले सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । शिखर सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको र शनिबार बिहानैबाट नेताहरुको बैठक सुरु हुने पनि आउोजकले जनाएका छन । भारत आएका अमेरिका सहितका प्रभावशाली राष्टहरुका प्रतिनिधीहरु सग भारतीय प्रधानमन्त्री नरेन्द मोदीले आज पनि भेटवार्ता गर्दै छन ।

वसुधैव कुटुम्बकमु अर्थात विश्व एक परिवार हो भन्ने सन्देश सहित जी २० शिखर सम्मेलन भारतले गर्न लागेका छन ।
जी-२० का सदस्य राष्ट्रका प्रमुखहरु दिल्ली आउने क्रम शुक्रबार बिहानैदेखि छ । शनिबार र आइतबार (सप्टेम्बर ९ र १०) का दिन विश्वभरका शक्तिशाली नेताहरु दिल्लीमा रहने छन् । इटलीका प्रधानमन्त्री जांर्जियो मेलोनी, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, जापानका प्रधानमन्त्री फुमियो किशिदा, अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नाडिज दिल्ली आइपुगेका छन् । अमेरिकाका राष्ट्पति जो बाइडेन साँझ अवतरण गरिसकेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै