गाई-गोरू पाल्ने कृषकको संख्यामा ठूलो गिरावट, १० वर्षमा गाई–गोरुको संख्या १८ लाख बढीले घट्यो – Nepalboli

गाई-गोरू पाल्ने कृषकको संख्यामा ठूलो गिरावट, १० वर्षमा गाई–गोरुको संख्या १८ लाख बढीले घट्यो

   २२ भाद्र २०८०, शुक्रबार  

नेपालमा हाल १७ लाख ८ हजार घर परिवारले गाई-गोरु पालन गरिरहेका छन । यो तथ्यांकले नेपालमा गाई र गोरु पाल्ने किसानको संख्यामा ठूलो गिरावट आएको देखाएको छ । केन्द्रीय तथ्यांक कार्यालयकाले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को नतिजाअनुसार पछिल्लो १० वर्षमा गाई र गोरु पाल्ने किसानको संख्यामा ठूलो गिरावट आएको छ ।

तथ्यांक अनुसार हाल १७ लाख ८ हजार घर परिवारले गाई-गोरु पालन गरिरहेका छन् । जुन अघिल्लो गणनाको तुलनामा ५ लाख ७३ हजार परिवारले कम हो । २०६८ मा २२ लख ८१ हजार परिवार गाई-गोरु पालनमा थिए । नयाँ तथ्यांकअनुसार नेपालमा एउटा परिवारसँग गाई र गोरुको संख्या करिब ३ वटा छ ।

कार्यालयकाअनुसार नेपालमा १८ लाख ७७१ हजारले गाई र गोरुको संख्या घटेको छ । नयाँ तथ्यांकअनुसार नेपालभर अहिले गाई र गोरुको कुल संख्या ४५ लाख ५९ हजार छ । जुन गत २०६८ सालमा देशभर गाई र गोरुको संख्या ६४ लाख ३० हजार थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै