रास्वपा सचिवालय बैठक बस्दै – Nepalboli

रास्वपा सचिवालय बैठक बस्दै

   २०८३ आश्विन ४, आईतवार  

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीका समसामयिक विषयमा छलफल गर्न आज सचिवालय बैठक बोलाएको छ ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठक बिहान ११ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय घन्टीघरमा आयोजना हुने रास्वपाले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिसँगै पार्टीसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने बताइएको छ । बैठकका सम्भावित निर्णय र छलफलका विषयबारे पार्टीले थप जानकारी दिने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै