२०औँ एसियाली खेलकुदको उद्घाटन आज, नेपालको झण्डा चन्द्रबहादुर र मानमतीले बोक्ने – Nepalboli

२०औँ एसियाली खेलकुदको उद्घाटन आज, नेपालको झण्डा चन्द्रबहादुर र मानमतीले बोक्ने

   २०८३ आश्विन ३, शनिबार  

काठमाडौँ— जापानको आइची–नागोयामा आयोजना भइरहेको २०औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । उद्घाटन समारोहमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले बोक्ने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार चन्द्रबहादुर थापा दुबईमा आयोजित आईबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक विजेता हुन् । यस्तै, मानमती विष्ट १९औँ एसियाली खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीकी कप्तान थिइन् ।

यस संस्करणको एसियाली खेलकुदमा नेपालबाट २१ खेलमा १३५ खेलाडी सहभागी हुँदैछन् । आज औपचारिक उद्घाटन हुने प्रतियोगिता असोज १८ गतेसम्म सञ्चालन हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै