पर्सामा भन्सार छलीका मोबाइल पार्टस् र कपडा बरामद, मूल्य १७ लाखभन्दा बढी – Nepalboli

पर्सामा भन्सार छलीका मोबाइल पार्टस् र कपडा बरामद, मूल्य १७ लाखभन्दा बढी

   २०८३ आश्विन ३, शनिबार  

वीरगञ्ज— पर्सामा सशस्त्र प्रहरीले भन्सार छली ल्याइएका तथा लुकाइराखेका १७ लाख ५६ हजार ९९० रुपैयाँ बराबरका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ ।

नियमित गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीले वीरगञ्ज महानगरपालिका–१ नैकाटोलाबाट ६ लाख ९८ हजार ४५० रुपैयाँ बराबरका मोबाइल पार्टस् बरामद गरेको हो । भारतबाट भन्सार छली ल्याइएका सामान छाडेर दुई जना व्यक्ति फरार भएका प्रहरीले जनाएको छ ।

यसैगरी, पकाहामैनपुर गाउँपालिका–५ सबैठवास्थित एउटा गोठमा लुकाइराखेको १० लाख ५८ हजार ५४० रुपैयाँ बराबरका कपडा पनि बरामद गरिएको छ ।

बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै