त्रिशूली ‘३’ ए को सुरुङबाट अर्का एक जनाको पनि उद्धार, अहिलेसम्म २ जनाको उद्धार
काठमाडौं— त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा फसेकामध्ये अर्का एक जनाको पनि सकुशल उद्धार गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले दोस्रो व्यक्तिको उद्धार भएको जानकारी दिएका हुन् ।
सांसद न्यौपानेका अनुसार पछिल्लो पटक कबिर महर्जनको उद्धार गरिएको हो । यसअघि सञ्जय साहको उद्धार गरिएको थियो ।
साहको उद्धार लगत्तै नेपाली सेनाको मेडिकल टिमले घटनास्थलमै प्राथमिक उपचार गरिरहेको सांसद न्यौपानेले बताए ।
सुरुङभित्र फसेका अन्यको उद्धारका लागि सुरक्षा निकाय र आयोजनाको प्राविधिक टोलीले काम गरिरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।