कर्तव्यपथमा टिकिरहने धैर्य र शक्ति मिलोस्ः जन्माष्टमीमा प्रधानमन्त्री शाहको शुभकामना
काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाहले श्रीकृष्णले सिकाएको कर्मयोगलाई स्मरण गर्दै विपत्ति र चुनौतीको घडीमा पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउन आह्वान गरेका छन् ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले सबैमा कर्तव्यपथमा टिकिरहने धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले लेखेका छन्, ‘विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्, यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग हो ।’
उनले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरले सबैलाई कर्तव्यप्रति अडिग रहन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।