भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुने ओखलढुङ्गाको विद्यालय भवनको शिलान्यास
भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिने ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ७ स्थित श्री स्वर्णान्तराल आधारभूत विद्यालय, टोक्सेलको विद्यालय भवन निर्माणको शिलान्यास सोमवारअनलाइन समारोह मार्फत गरिएको छ। श्री स्वर्णान्तराल आधारभूत विद्यालयको विद्यालय भवन भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना को रूपमा निर्माण भइरहेको छ।
भारत सरकारको अनुदानबाट कक्षाकोठा र छात्र तथा छात्राहरुको लागि शौचालय सहितको साढे तीन तल्ले विद्यालय भवन निर्माण हुन गईरहेको छ।
सन् २००३ देखि, भारत सरकारले नेपालमा ५७९ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालन गरिसकेको छ। यी मध्ये ओखलढुङ्गा जिल्लाका ५ परियोजना सहित कोशी प्रदेशका विभिन्न क्षेत्रहरूमा ९३ परियोजनाहरू रहेका छन् । यसका साथै, भारत सरकारले कोशी प्रदेशको स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूलाई १५० वटा एम्बुलेन्स र ६२ वटा स्कूल बस उपहार दिएको छ, जसमा ओखलढुङ्गा जिल्लाका ४ वटा एम्बुलेन्स पनि समावेश छन्।