त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखको जिम्मेवारी पाण्डेयलाई – Nepalboli

त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखको जिम्मेवारी पाण्डेयलाई

   २०८० श्रावण ९, मंगलवार  

अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखको जिम्मेवारी सहसचिव डा टोकराज पाण्डेयलाई दिएको छ। एक क्विन्टल सुन तस्करी प्रकरणपछि यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई अर्थ मन्त्रालय तानेर डा पाण्डेयलाई प्रमुखको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले जानकारी दिनुभयो ।

पाण्डेय आइतबार मात्र राष्ट्रिय निजामती किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालय सरुवा भएर आउनुभएको थियो।

पोखरेल बिदामा रहेकै बेला साउन ३ गते विमानस्थल भन्सार जाँच पास गरेर करिब एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागले सिनामङ्गलबाट पक्राउ गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै