पाकिस्तानी सेना को आतंकवादी कनेक्शन – Nepalboli

पाकिस्तानी सेना को आतंकवादी कनेक्शन

   २०८२ जेष्ठ २, शुक्रबार  

२२ अप्रीलमा भारतको पहलगाममा भएको आक्रमणमा पाकिस्तानी आतंकवादी समुहहरुको हाथ देखिए पछि भारतले आतंवाद विरुद्ध अपरेशन सिन्दुर अभियान प्रारम्भ गरेको छ । गएको ७ मे को मध्यरातमा भारतले उक्त अपरेशन मार्फत पाकिस्तानमा रहेको विभिन्न आतंकवादी समुहहरुका शिविरहरुलाई निशाना बनाए । त्यसको जवाफमा पाकिस्तानी सेनाले भारतको सिमावर्ती क्षेत्रमा आम नागरिकलाई मार्न सुुरु गरे । यसले पाकिस्तानी सेना आतंकवादी समुहहरुको संरक्षणमा रहेको प्रष्ट देखियो । हुनत पाकिस्तानी सेना र आतंकवादी समुहहरुको विचमा साठगाठ मात्रै होईन प्रत्यक्ष सग्लनता नै पटक पटक सार्वजनिक नभएका होईन ।

फाइनान्सियल एक्सन टास्क फोर्स ले आतंकवादी समुहहरुलाई प्रत्यक्ष रुपमा वित्त पोषण नै गरेको आरोपमा पाकिस्तानलाइ तीन तीन पटक ग्रे लिस्ट मै राखिसकेका छन । पाकिस्तानी सेना वा पाकिस्तान देश “ग्रे लिस्ट” मा परेको मुख्य कारण आतंकवादी समूहहरूको वित्त पोषण (terror financing) र अवैध धन शोधन (money laundering) रोकथाममा असहयोग हो। यो “ग्रे लिस्ट” फाइनान्सियल एक्सन टास्क फोर्स (FATF) नामक अन्तर्राष्ट्रिय निकायले बनाउने गर्छ। FATF एक अन्तरसरकारी संस्था हो जसले अन्तर्राष्ट्रिय स्तरमा धन शोधन र आतंकवादी क्रियाकलापमा आर्थिक सहायता नियन्त्रण गर्ने काम गर्छ।

सो संस्थाले पाकिस्तान ग्रे लिस्टमा पर्ने मुख्य कारणहरुमा आतंकवादमा वित्तीय समर्थनस् पाकिस्तानमा क्रियाशील आतंकी समूहहरू (जस्तै लश्कर-ए-तैयबा, जैश-ए-मोहम्मद आदि) लाई आर्थिक सहायता दिइएको भन्ने आशंका FATF ले उठाएको हो। पहिलोपटक पाकिस्तानलाई सन् 2008 मा FATF को ग्रे लिस्टमा राखिएको थियो। आतंकवादी समूहहरूलाई खुलेआम पैसा पठाउने रिपोर्टहरू आएपछि ग्रे लिस्टमा राखिएको सो संस्थाले जनाएको थियो ।

दोस्रोपटक पाकिस्तान सन् 2012–2015 मा फेरि ग्रे लिस्टमा पर्यो। तेस्रोपटक सन् 2018 देखि 2022 सम्म पाकिस्तान फेरि ग्रे लिस्टमा रह्यो। सो संस्थाले मुख्य गरी लश्कर-ए-तैयबा, जैश-ए-मोहम्मद, हक्कानी नेटवर्क जस्ता आतंकवादी संगठनहरूलाई आर्थिक संरक्षण र आतंकवादी नेताहरूका बैंक खाता र सम्पत्ति रोकथाम नगरेको आरोप लगाएका थिए ।

यसरी पाकिस्तान र पाकिस्तानी सेन कुन हद सम्म आतंकवादको पक्षपोषण गरिरहेको छ भन्ने प्रष्ट हुन्छ । पाकिस्तानको सैन्य र गुप्तचर एजेन्सी, इन्टर-सर्भिसेस इन्टेलिजेन्स (ISI), ले विभिन्न समयहरूमा विभिन्न चरमपन्थी समूहहरूसँगको सम्बन्धलाई अस्वीकार गर्दै आएको छ तर विभिन्न अन्तर्राष्ट्रिय निकायहरूले यसलाई समर्थन गरेको आरोप लगाएका छन्।

लश्कर-ए-तैयबा (LeT): यो समूह पाकिस्तानको पंजाब प्रान्तमा स्थापित भएको हो र यस समूहलाई पाकिस्तानको ISI द्वारा समर्थन गरिएको आरोप छ। 2008 को मुम्बई आक्रमणमा यसको संलग्नता रहेको आरोप छ। पाकिस्तान सरकारले यसलाई प्रतिबन्धित गरेको भए पनि, यसका सहायक संगठनहरू जस्तै जमात-उद-दावा (JuD) खुल्ला रुपमा सक्रिय छन्। हिज्बुल मुजाहिदीन (HM): यो समूहलाई पनि ISI द्वारा समर्थन गरिएको आरोप छ। जैश-ए-मोहम्मद (JeM): यो समूहलाई ISI द्वारा समर्थन गरिएको आरोप छ।

तारीक गिदार समूह (TGG): यो समूह पाकिस्तान र अफगानिस्तानमा सक्रिय रहेको छ र यसलाई अमेरिकी राज्य विभागले आतंकवादी संगठनको रूपमा सूचीबद्ध गरेको छ। यसका नेता उमर नरायलाई 2016 मा अमेरिकी हवाई आक्रमणमा मारिएको थियो। यसरी कयौन आतंकवादी समुहहरु अलग अलग खडा गरेर पाकिस्तानी सेनाले विभिन्न आतंकवादी क्रियाकलापमा सहभागी हुुदै आएको देखिन्छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले मात्रै पाकिस्तानमा सक्रिय १५० ओटा समुहलाई आतंकवादी क्रियाकलापमा संग्लन रहेको भन्दै प्रतिबन्ध लगाएको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रतिबन्ध समिति (1267/1989/2253) ले पाकिस्तानमा रहेका केही आतंकवादी समूहहरू — जस्तै Lashkar-e-Taiba (LeT), Jaish-e-Mohammed (JeM), Tehrik-i-Taliban Pakistan (TTP) — लाई प्रतिबन्ध लगाएको छ। यिनका नेता हाफिज सईद, मसूद अजहर आदि आतंकवादी सूचीमा छन्।

यद्यपी संयुक्त राष्ट्र संघका प्रतिवेदनहरूले पाकिस्तानमा यी संगठनहरू सुरक्षित शरण पाइरहेका छन् भनेर उल्लेख गरेका छन्। विभिन्न अन्तर्राष्ट्रिय निकायहरू र रिपोर्टहरूले पाकिस्तानको सेनाको इन्टर-सर्भिसेस इंटेलिजेन्स (ISI) ले आतंकवादी समूहहरूलाई समर्थन गरेको वा सहकार्य गरेको भन्ने गम्भीर आरोपहरू लगाएका छन्।

पाकिस्तानको ISI ले कश्मीर र अफगानिस्तानमा सक्रिय आतंकवादी समूहहरू — जस्तै लश्कर-ए-तैयबा, जैश-ए-मोहम्मद, र तालिबान — लाई समर्थन गरेको आरोप छ। अमेरिकी एफबीआई (FBI) ले २०११ मा अमेरिकी अदालतमा ISI ले कश्मीरमा आतंकवादी गतिविधिहरूलाई समर्थन गरेको स्वीकार गरेको थियो। साथै, अमेरिकी सेनाका उच्च अधिकारीहरूले ISI को आतंकवादी समूहहरूसँग सम्बन्ध रहेको बताएका छन् ।

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले १९९० को दशकमा पाकिस्तानले लश्कर-ए-तैयबा जस्ता आतंकवादी समूहहरूलाई समर्थन र तालिम दिएको स्वीकार गरेका छन्। उनले भनेका थिए कि तालिबान, ओसामा बिन लादेन, र अन्य जिहादीहरूलाई पाकिस्तानले नायक को रूपमा हेर्थ्यो, तर पछि ती खलनायक बने । यसरी खोज्दै जादा पाकिस्तानी सेनाको आतंकवादी सम्बन्ध निकै पुरानो र वलियो देखिन्छ । जुन आजको समयमा सभ्य समाज चाह्नेहरुका लागी चुनौतीपुर्ण बिषय हो ।

प्रश्नै-प्रश्नको घेरामा पाकिस्तान ?

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै