प्रश्नै-प्रश्नको घेरामा पाकिस्तान ? – Nepalboli

प्रश्नै-प्रश्नको घेरामा पाकिस्तान ?

   २०८२ बैशाख ३१, बुधबार  

पाकिस्तान सरकारले वुधवार आतंकवादी नेता मुहम्मद मसूद अजहर अल्वीलाई १४ करोड क्षतीपुर्ती दिने निर्णय गरेको छ । अघिल्लो हप्ता भारत सरकारले सुुरु गरेको आतंकवाद विरुद्धको अपरेशन सिन्दुरको क्रममा अजहर परिवारको १० सदस्यको मृत्यू भएको थिएका थियो र उनको एक शिविर समेत अपरेशनको क्रममा नष्ट भएको थियो । जसको क्षतीपुर्ती स्वरुप पाकिस्तान सरकारले औपचारिक रुपमै निर्णय गरेर वुधवार १४ करोड उनलाइ क्षर्तीपुर्ती दिन निर्णय गरेको छ । यसले पाकिस्तान सरकार आतंकवादी समहुरुहरुलाइ कुन तहमा मलजल गरिरहेको छ भन्ने प्रष्ट पारेको छ ।

संयुक्त राष्ट संघ अजहर र तीनको समुहलाइ आतंकवादी भन्दै वन्देज लगाएको समुहमा राखेका छन । हुनत संयुक्त राष्ट संघले पाकिस्तामा यस्ता डेढ सय भन्दा वढी समुहलाई आतंकवादी किटान गर्दै बन्द्ज लगाएका छन । रोचक के भन्ने संयुक्त राष्ट संघको सदस्य समेत रहेको पाकिस्तानले खुल्ला रुपमै आज अजहरलाई १४ करोड क्षतीपुर्ती दिन निर्णय गरेको छ । हुनत पाकिस्तान सरकार र मुख्य गरि पाकिस्तानी सेना माथी आतंकवादी समुहलाई आनौपचारिक रुपमा संरक्षण गर्दै आएको आरोप विश्वभरीवाट लाग्दै आएको छ ।

यही पुष्टभुमीमा अघिल्लो २२ तारिखमा भारतको पहलगााममा पाकिस्तानी आतंकी समुहले एक नेपाली सहित २६ जनालाई पर्यटकलाई गोली हानी हत्या गरेका थिए । त्यस पछि भारत सरकारले पाकिस्तान सरकारलाई यस्ता आतंकी समुहलाई कारवाही गर्न सार्वजनिक अपिल गरेका थिए । तर पाकिस्तानले त्यसलाई थप अटेरी गर्दै त्याहाका आतंकी समुहहरुले भारतमा थप आक्रमणहरु गनेृ योजना तुहिए पछि भारत सरकारले अपरेशन सिन्दुर नामक आतंकवाद विरुद्धको अपरेशन सुुरु गरेको छ । जस अनर्तगत पाकिस्ताामा रहेको एक दर्जन आतंकवादी सेल्टरमा भारतीय सेनाहरुले कारवाही अगाडी वढाउदै ध्वस्त बनाएको छ ।
तर पामिकस्ताने उक्त अपरेश्न पछि पुन भारतीइ सेनामा रहेका सर्वसधारण भारतीय नागरिकहरु माथी आक्रमण सुुरु गरे । जसको चौतर्फी विरोध भए पछि अहिले दुवै तर्फवाट युद्धविरामको घोषणा गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको अपरेशन सिन्दुर आतंकवाद विरुद्धको अभियान निरन्तर चलीरह्ने प्रष्ट पारिसकेका छन । मोदीले पाकिस्तामा रहेको आतंकवादी समुहहरुका कारण एक दिन पाकिस्तान नै नरह्ने अवस्था आउन सक्ने चेतावनी समेत दिएका छन ।

पाकिस्तान सेना र पाकिस्तान सरकारले प्रत्यक्ष रुपमै आतंकवादी समुहहरुलाई संरक्षण गरिरहको कयौन उदाहरणहरु यस अघि पनि सार्वजनिक नभएका होईन । अमेरिकाले एक दशक भन्दा अगाडी नै कुख्यात तात्कालिन आतंकवादी नेता ओसमाविन लादेनलाई पाकिस्तान मै पक्राउ गरेर मारेका थिए । लादेनलाई पनि पाकिस्तानी सेनाले संरक्षण गरेर राखे पछि अमेरिकी सेना पाकिसन नै प्रवेश गरेर उनलाई कारवाही गरेका थिए । पछिल्लो समय भारतीय सेना पनि पाकिस्तानको भित्र पवेश गरेर आतंकवादी समुहहरुलाई नष्ट गर्न अग्रसरता देखाएका छन ।

यस्तो परिदृश्यमा बुधवार पाकिस्तानी सरकारले अजहरलाई दिएका क्षतीपुर्तीले उनी माथी प्रश्नै प्रश्न उब्जाएको हो । जसन कुनै नयां विषय नभए पनि उनलाई विश्व मंन्च थप नग्याएको छ ।

अजहर आतंकवादी संगठन जैश ए मोहम्मद जिहादी संगठनका संस्थापक र वर्तमान नेता हुन्। जसको २५ बर्ष पहिला काठमाडौंबाट अपहरण गरिएको इन्डियन एयरलाइन्सको जहाज प्रकरणसँग जोडिएका थिए । २५ वर्षअघि सन् १९९९ डिसेम्बर २४ (२०५६ पुस ९ गते) मा काठमाडौंबाट दिल्ली उडेको आइसी–८१४ जहाज आतंकवादीहरूले अपहरण गरेका थिए। जहाजमा चालक दलसहित १८८ जना यात्रु थिए। एक जना यात्रुको आतंकवादीहरूले हत्या नै गरे। त्यसमा आठ जना नेपाली यात्रु पनि थिए।

उक्त घटनापछि भारत सरकारले फिरौतीका रूपमा रिहा गरेका तीन जना आतंकवादीमध्ये मसूद अजहर एक हुन्।

मसूद अजहर नेतृत्वको जैश–ए–मोहम्मदको स्थापना जहाज अपहरणपछि भएको हो। मसूदले जहाज अपहरणपछि भारतीय जेलबाट रिहा भएर सन् २००० मा यो संगठन स्थापना गरेका थिए। त्यसयता भारतमा भएका विभिन्न आतंकवादी हमलामा उनको संलग्नता रहेको देखिन्छ । खासगरी सन् २००१ को भारतको संसद भवन हमला, २०१६ को पठानकोट आक्रमण र २०१९ को पुलवामा हमलामा उनको हात रहेको देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै