फाइनल पुग्न चितवन र सुदूरपश्चिमबीच निर्णायक भिडन्त – Nepalboli

फाइनल पुग्न चितवन र सुदूरपश्चिमबीच निर्णायक भिडन्त

   २०८३ मंसिर ४, बिहीबार  

काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच निर्णायक भिडन्त हुँदैछ । दोस्रो क्वालिफायरमा आमनेसामने हुने दुवै टोलीका लागि यो खेल उपाधि यात्रामा अघि बढ्ने अन्तिम अवसर हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ । आजको खेल जित्ने टोलीले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ८८६ विकेटले पराजित भएपछि सुदूरपश्चिम दोस्रो क्वालिफायरमा आइपुगेको हो । सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले २० बल बाँकी छँदै चार विकेट गुमाएर पूरा गरेको थियो ।

यता, चितवन राइनोजले एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरको यात्रा तय गरेको हो । बुधबार भएको खेलमा प्रभावशाली प्रदर्शन गरेको चितवनले काठमाडौंलाई प्रतियोगिताबाट बाहिर पठाउँदै सुदूरपश्चिमसँग निर्णायक भेट पक्का गरेको थियो ।

अब दुवै टोलीका लागि आजको खेल दबाबसँगै अवसरको खेल बनेको छ । सुदूरपश्चिम पहिलो क्वालिफायरको हारको पीडा भुलाउँदै फाइनलमा पुग्ने प्रयासमा हुनेछ भने चितवन एलिमिनेटरको लयलाई निरन्तरता दिँदै पहिलोपटक उपाधि भिडन्तमा पुग्ने लक्ष्यमा मैदान उत्रनेछ ।

आजको खेलको विजेताले शनिबार लुम्बिनीविरुद्ध एनपीएलको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै