बुझ्दै नबुझी बिआरआई सम्झौताबारे टिप्पणी नगरौ- परराष्ट्रमन्त्री राणा – Nepalboli

बुझ्दै नबुझी बिआरआई सम्झौताबारे टिप्पणी नगरौ- परराष्ट्रमन्त्री राणा

   २०८१ मंसिर २२, शनिबार  

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बिआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिनुभएको छ । इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेग प्रस्थान गर्ने क्रममा परराष्ट्रमन्त्री राणाले यस्तो टिप्पणी गर्नुभएको हो। उहाँले सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै निर्णय नभएको जिकिर गर्दै सम्झौताबारे बुझ्दै नबुझी टिप्पणी गरेको बताउनु भयो । उहाँले ऋण लिने-दिने व्यवहार लिने पक्षको मञ्जुरी र आग्रहमा हुने भएकाले ऋण सम्झौता हस्ताक्षर गरियो भन्नु बचपना भएको आरोप लगाउनुभयो ।

नेपालले चीनसँग बिआरआई बाहेक अन्य कुनै सम्झौतामा हस्ताक्षर नगरेको पनि स्पष्ट पार्नुभयो । चीनले अघि सारेका डेभलपमेण्ट इनिसिएटिभ्स बारेमात्रै नेपालको चासो भएको बताउनुभयो । बिआरआई सम्झौता आफैँ विकास सहायता भएको बताउनु भयो । नेपालले चीनको ग्लोबल डेभलपमेण्ट इनिसिएटिभ्समा मात्र सहभागी भएको बताउनुभयो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै