काठमाडौ पछि चितवनमा रविको बयान सुुरु, आज सकिएन-भोलि फेरि लिइने – Nepalboli

काठमाडौ पछि चितवनमा रविको बयान सुुरु, आज सकिएन-भोलि फेरि लिइने

   २०८१ मंसिर १८, मंगलवार  

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको बयान मंगलवार चितवनमा सुरु भएको छ । आजबाट सुरु भएको बयान भोलि पनि जारी रहने बताइएको छ। सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधीवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको बयान भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोका अनुसार आज नसकिएपछि भोलि (बुधबार) पनि उनको बयान लिइनेछ। चितवनमा पनि सहकारी ठगीको उजुरी परेपछि लामिछानेलाई मंगलबार बिहान चितवन लगिएको थियो।

चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा लामिछानेविरुद्ध गत मंसिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो। त्यसपछि रुपन्देही र काठमाडौंमा बयान सकेर उनलाई मंगलबार चितवन लगिएको हो।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै