बालबालिकाको अवस्था बुझ्न संसदीय समितिले चार प्रदेशमा स्थलगत भ्रमण गर्ने – Nepalboli

बालबालिकाको अवस्था बुझ्न संसदीय समितिले चार प्रदेशमा स्थलगत भ्रमण गर्ने

   १४ मंसिर २०८१, शुक्रबार  

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले चार वटा प्रदेशको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले बालबालिका सम्बन्धी ऐन, २०७५ को कार्यान्वयन मापन सम्बन्धमा अध्ययन गर्न कर्णाली, लुम्बिनी, मधेश र कोशी प्रदेशमा अध्ययन तथा भ्रमण गर्ने निर्णय गरेको हो ।

उहाँले भन्नुभयो, ‘कोशी र मधेश प्रदेशमा र लुम्बिनी र कर्णाली प्रदेशमा अनुगमन गर्ने कार्यतालिका बनाएका छौं । भ्रमणमा हामी विषेश गरी तीन वटा विषयमा केन्द्रित रहनेछौं । एउटा हामी बालबलिकासँग छुट्टै छलफल गर्छौं । स्थानीय तहहरुमा सङ्गठित भएका बालबालिकाहरुसँग क्लव विभिन्न जाती, भाषा, लिङ्गको आधारमा बनेको छ कि छैन ? र बालबालिकाको स्थिति के छ भनेर स्थानीय तहमा छलफल गर्छौं । त्यहाँका स्थानीय सरकारसँग पनि हामी छलफल गर्छौं । जनप्रतिनिधिहरु, शिक्षा शाखा प्रमुखहरु र महिला बालबालिका शाखा हेर्ने सरोकारवालाहरुसँग छलफल गर्छौं । बालबालिकाको नेटवर्कका लागि स्थानीय सरकारहरुले बनाएको ऐनको विषयमा पनि हामी अध्ययन गर्नेछौं ।’’

बालबालिकाका सङ्गठनहरु, बालबालिकाका लागि स्थानीय तथा प्रदेश सरकारले बनाएका ऐन र तिनको कार्यान्वयनको अवस्था लगायत विषयमा अध्ययन गर्न समितिले स्थलगत भ्रमण गर्न लागेको समिति सभापति तुलसाकुमारी दाहालले बताउनुभयो । उहाँकाअनुसार समितिले स्थानीय तहहरुमा सङ्गठित भएका बालबालिकाहरुसँग क्लवहरु विभिन्न जाती, भाषा र लिङ्गको आधारमा छन् कि छैनन् भने छुट्टै छलफल गर्नेछ ।

समितिले बालबालिकासम्बन्धी स्थानीय तहहरुले बनाएको ऐन र ऐनको कार्यान्वयनको अवस्थाका बारेमा स्थानीय तहका सामाजिक तथा बालबालिका शाखा, शिक्षा शाखा र सरोकारवालाहरुसँग छलफल गर्ने सभापति दाहालले बताउनुभयो । उहाँले कोशी प्रदेशमा मुस्लिम समुदायका बालबालिकाको अवस्था र मधेश प्रदेशमा मधेशी समुदायका बालबालिकाको अवस्थाका बारेमा अध्ययन गरिने पनि जानकारी दिनुभयो ।

‘‘त्यस्तै प्रदेश सरकारले बालबालिका सम्बन्धी कस्तो नीति बनाएको छ रु र त्यो नीतिको कार्यान्वयनको अवस्था के छ रु भनेर बाल सहभगिताको विषयलाई हामी अध्ययन गर्छौं । अध्ययनका क्रममा हामी पत्रकारहरु, त्यो क्षेत्रका विज्ञहरु र सम्बन्धित मन्त्रालयका मन्त्रीहरु र महिला तथा बालबालिका समितिहरुमा समेत छलफल र अध्ययन गर्नेछौं ।,’’ सभापति दाहालले भन्नुभयो, ‘‘खासगरी एकल अधिकारको सूचि र साझा अधिकारको सूचिका लागि कस्ता कस्ता ऐनहरु उहाँहरुले निर्माण गर्नुभयो र ति ऐनहरुको कार्यान्वयनको अवस्था के छ रु र त्यसमा बालबालिकाको सहभागिताको कुरालाई हेर्नेछौं । कोशी प्रदेशमा खासगरी मुस्लिम समुदायका बालबालिकाको अवस्था र मधेश समुदायको बालबालिकाको अवस्था पनि हामी अध्ययन गर्नेछौं ।’’

समितिका दुई वटा टोली स्थलगत अध्ययन तथा भ्रमणका लागि भ्रमणमा जानेछन् । कोशी तथा मधेश प्रदेशको स्थलगत भ्रमणमा जने टोलीले विराटनगर, जनकुपर, सिराहा र उदयपुरमा रहेका स्थानीय तह र बाल क्लवहरुसँग छलफल गर्नेछ । यता कर्णाली तथा लुम्बिनी प्रदेशमा जाने टोलीहरुले नेपालगञ्ज र सुर्खेत लगायतका क्षेत्रमा छलफल तथा अध्ययन गर्नेछ । भ्रमण तालिका चार दिनको रहने सभापति दाहालले बताउनुभयो ।

 

 

 

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै