लोसपा महाधिवेशनको तयारीमा, पदाधिकारीलाई तोक्यो जिम्मेवारी – Nepalboli

लोसपा महाधिवेशनको तयारीमा, पदाधिकारीलाई तोक्यो जिम्मेवारी

   २०८१ मंसिर १३, बिहीबार  

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले २०८२ वैशाख २६ गतदेखि प्रथम महाधिवेशन गर्ने गरी पार्टीको संठनात्मक गतिविधिलाई तीव्रता दिएको छ । लोसपाले हालै स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौँ बोलाएर प्रशिक्षण दिइसकेको छ । त्यस्तै पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा ‘महाधिवेशन निर्वाचन निर्देशिका’ तयारी समिति गठन गरेको छ ।

सो समितिको सदस्यमा प्रमेश्वर साह, डा सुरेन्द्रकुमार झा, मनिष कुमार मिश्र, मीना चौधरी रहेका छन् ।

त्यसैगरी, पार्टीले साधारण सदस्यता वितरण अभियानलाई प्रभावकारी बनाउन विभिन्न जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधारमानी केन्द्रीय पदाधिकारीहरूलाई खटाइएको छ । उपत्यकासहित तराई मधेसका २३ जिल्लामा प्रतिनिधि खटाएको लोसपा नेपालका महासचिव मनिष मिश्रले बताए ।

सदस्यता वितरणको अभियानको क्रममा पाँच लाख सदस्यता वितरण गर्ने लक्ष्य लोसपाले राखेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै