५५ करोड बराबरको अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ – Nepalboli

५५ करोड बराबरको अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ

   २०८१ मंसिर १२, बुधबार  

५५ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ घर भएका ३७ वर्षीय सुनिल राई छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । बेटिङ एपमार्फत उनले अनलाइन जुवा खेलाएको आरोप छ। साथै उनले क्रिप्टो करेन्सी ट्रेड गर्ने गरेको पनि प्रहरीले जनाएको छ ।

ललितपुरबाट पक्राउ परेका राईले ७५ वटा बैंक खाता र १२८ वटा ई–सेवा वालेट प्रयोग गरी ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोप छ।पक्राउ परेका राईविरुद्ध जुवा खेल्न नहुने कसुर, अभौतिक मुद्राको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै