अस्वाभाविक अन्तर्राष्ट्रिय हवाई भाडा अध्ययन गर्न कार्यदल गठन
अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा अस्वाभाविक मूल्य तिर्नुपरेको व्यापक गुनासोपछि सरकारले एक अध्ययन कार्यदल गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन भएको हो।
उच्च दरको हवाई टिकट खरिद–बिक्री गरेको विषयमा कुनै गुनासो भए हवाई टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, बिलभौचर लगायत अन्य प्रमाण सहित मन्त्रालयको बेभसाइटमा मा पठाइदिन कार्यदलले आग्रह गरेको छ।
२३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निर्माणका काम जारी रहेकाले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी र ट्राभल एजेन्सीको ‘मिलेमतो’ मा हवाई भाडामा ठगी भइरहेको गुनासो यात्रुहरूले गर्दै आएका छन्।