बिआरआई आयोजना अनुदानमा स्वीकार हुन्छ- कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण साकारत्मक रहेको बताएका छन । सोमवार जनकपुर विमानस्थलमा पत्रकारहरुसंग सक्षिप्थ कुराकानी गर्दै सभापति देउवाले बिआरआई परियोजना अनुदानमा लिनुपर्ने आफुहरुको धारणा रहेको समेत बताए । अनुदानमा बिआरआई आए त्यो आफुहरुले स्वीकार गर्ने देउवाले बताए ।
सोमवार काठमाडौमा प्रधानमन्त्री ओलीले आफनो चीन भ्रमण वारेमा पुर्वप्रधानमन्त्रीहरु र परराष्टमन्त्रीहरु राखेको छलफल कार्यक्रममा सहभागी नभएर पार्टीको एक कार्यक्रममा सहभागी जनकपुर देउवा पुुगेका छन । उनले कांग्रेसीहरू एक ढिक्का भएर जानुपर्नेमा समेत जोड दिएका छन । जनकपुरधाम उमहानगरपालिका–२५ लोहनामा पार्टीले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन आउनुभएका कांग्रेस सभापति देउवाले भन्नुभयो, पार्टीका साथीहरु, सबै जना मिलेर अघि बढ्नुपर्छ ।
लोहनामा हक अधिकारका लागि जेलनेल भोगेका स्वर्गीय अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्न सभापति देउवाको कार्यक्रम रहेको छ । सभापति देउवाको लोहनामा ठाकुरको प्रतिमा अनावरण गरेर बेलुका नै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।