नक्कली फेसबूक आइडीबाट बिहेको प्रलोभन देखाएर २७ लाख ठगी गर्ने युवक पक्राउ – Nepalboli

नक्कली फेसबूक आइडीबाट बिहेको प्रलोभन देखाएर २७ लाख ठगी गर्ने युवक पक्राउ

   २०८१ मंसिर २, आईतवार  

नक्कली फेसबुक आईडी बनाएर बिहेको प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–५ घर भइ काठमाडौं चन्द्रागिरी बस्दै आएका रुद्रबहादुर तामाङ छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चन्द्रागिरीको हाईभिजन कोलोनीबाट पक्राउ गरेको हो।
उनले फेसबुकमा केटी साथी बनाउँदै आफू सिंगापुरे लाहुरे भएको परिचय दिन्थे। आफूसँग बिहे गरे सिंगापुर लैजाने भन्दै उनले प्रलोभन समेत देखाउँथे। केटीहरुलाई विश्वासमा दिलाउनका लागि कागजातहरु समेत पठाउने गरेको खुलेको छ।

त्यसपछि कागजात बनाउनुपर्छ भन्दै चेक तथा नगद गरेर पटक पटक २७ लाख ८३ हजार २ सय रुपैयाँ ठगी गरेको खुलेको छ। उनीबाट अन्य कोही पीडित भए सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै