महनगरले डोजर चलाउदा राष्ट्रिय मुक्ति पार्टीद्धारा विरोध, केहि नेताहरु पक्राउ
प्रहरीले गौशालाबाट सुमन सायमि सहित राष्ट्रिय मुक्ति पार्टीका ४ नेताहरुलाई शुक्रवार दिउसो पक्राउ गरेका गरेका छन । काठमाडौँ महानगरपालिकाले अतिक्रमित संरचना हटाउनका लागि डोजर चलाउने क्रममा अवरोधको प्रयास भएपछि प्रहरीले शुक्रबार सायमिसहित ४ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उनीहरुलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । काठमाडौँ महानगरपालिकाले अतिक्रमित संरचना हटाउन थालेपछि केहीबेर तनावको स्थिति समेत बनेको थियो ।
नेपाल सरकारद्वारा सर्वोच्च अदालतमा पुनरावलोकन गरिएको मुद्दा अझै किनारा लाग्न बाँकी रहेको अवस्थामा, महानगरपालिकाको कार्यक्षेत्र भित्र नपर्ने र महानगरपालिकाले नै निर्माण स्वीकृति तथा निर्माण सम्पन्न प्रमाणपत्र प्रदान गरिसकेको गौशालाको घरहरूमा डोजर चलाउने प्रयासलाई संविधान, ऐन तथा कानूनको ठाडो उल्लंघन भएको राष्ट्रिय मुक्ति पार्टीले जनाएको छ ।
काठमाडौं महानगरपालिकाले विधिको शासनलाई बेवास्ता गर्दै गैरन्यायिक रूपमा यस्ता हस्तक्षेप गर्नु खेदजनक र अस्वीकार्य भएको उक्त पार्टीको भनाई छ। कानूनी प्रक्रियालाई मिचेर गुण्डागर्दी शैलीमा तोडफोड गर्ने प्रयासप्रति हाम्रो घोर आपत्ति र भत्सर्ना रहेको राष्ट्रिय मुक्ति पार्टीले विज्ञप्ती जारी गरेर भनेको छ।