गोली लागेर प्रधानाध्यापक घाइते – Nepalboli

गोली लागेर प्रधानाध्यापक घाइते

   २०८१ कार्तिक २५, आईतवार  

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ झप्सीमा आइतबार अज्ञात समूहबाट गोली प्रहार हुँदा एक जना शिक्षक घाइते हुनु भएको छ । सिन्धुली र सर्लाहीको सिमाना रहेको उक्त ठाउँमा भएको गोली प्रहारबाट मकवानपुर जिल्ला बकैया गाउँपालिका –३ स्थित बुद्ध माविका प्रधानाध्यापक प्रेमबहादुर बमजन घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सिन्धुलीका एसपी गोविन्दराज काफ्लेका अनुसार घाइतेको वीरगन्जमा उपचार भइरहेको छ । घाइतेको दाहिने गालामा गोली लागेको र गोली दाँतमा अड्किएको छ । अभियुक्तको खोजी भइरहेको छ । घट्नाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र अभियुक्तहरूको पहिचान नभएको उहाँले बताउनुभयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै