भारतीय गोर्खा राइफल्सका ‘कर्णेल अफ दी रेजिमेन्ट’द्धारा छ दिने नेपाल भ्रमण सम्पन्न – Nepalboli

भारतीय गोर्खा राइफल्सका ‘कर्णेल अफ दी रेजिमेन्ट’द्धारा छ दिने नेपाल भ्रमण सम्पन्न

   २०८१ आश्विन १९, शनिबार  

भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगनको ६ दिने नेपाल भ्रमण सम्पन्न भएको छ । असोज १४ गते नेपाल भ्रमणमा आएका भारतीय गोर्खा राइफल्सका ‘कर्णेल अफ दी रेजिमेन्ट’ देवगणको ६ दिने भ्रमण सम्पन्न भएको काठमाडौँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

भ्रमणका क्रममा उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् । नेपाली सेनाको मुख्यालयमा भएको भेटमा नेपालसँग भारतको द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने र दुई देशका सेनाबिचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ ।

त्यसअघि जनरल देवगनले पोखराको पनि भ्रमण गरेका थिए । पोखरामा उनी भूतपूर्व सैनिकहरुको र्‍यालीमा पनि सहभागी भएका थिए । सो क्रममा उनले वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गरेका थिए ।

नेपाल भ्रमणका क्रममा उनले रक्षा प्रभागका विभिन्न शाखा र भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ईसीएचएस) पोलिक्लिनिकको समेत भ्रमण गरेका थिए । उनले भूतपूर्व सैनिकको सेवामा ईसीएचएस नेपालको पहुँचलाई अझ अगाडी बढाउने कुरामा जोड दिएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै