अविरल वर्षाले सात राजमार्ग अवरुद्ध हुँदा ३४२ एकतर्फी सञ्चालन – Nepalboli

अविरल वर्षाले सात राजमार्ग अवरुद्ध हुँदा ३४२ एकतर्फी सञ्चालन

   २०८१ आश्विन ११, शुक्रबार  

लगातारको वर्षापछि आएको बाढी र पहिलोका कारण देशभर सात वटा राजमार्ग अवरुद्ध भएका छन्। राष्ट्रिय जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सात वटा राजमार्ग अवरुद्ध हुँदा ३४२ राजमार्ग एकतर्फी मात्र सञ्चालन भएका हुन्।

अवरुद्ध राजमार्गमा तमोर करिडोरको चतरा-मुलघाट-माझीटार-अमरपुर-गणेशचोक सडक, पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन-पोखारा, मध्य पहाडी राजमार्गको सिन्धुली खण्डलगायत छन्। प्राधिकरणका अनुसार ३४२ राजमार्ग एकतर्फी रुपमा सञ्चालन भइराखेका छन्। अन्य राजमार्ग भने सामान्य ढंगले सञ्चालन भइराखेका छन्।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै