तीन दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना
५६ जिल्लामा रेड अलर्ट
मनसुन थप सक्रिय भएपछि मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा रेड अलर्ट जारी गरेको छ ।महाशाखाका अनुसार, बिहीबार (असोज १० गते) दिउँसोदेखि आइतबार (असोज १३ गते) सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । देशका अधिकांश स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान तथा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
साथै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोसी प्रदेश, वाग्मती प्रदेश, मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ ।
कुन दिनको मौसम कस्तो
बिहीबार (असोज १० गते) दिउँसोदेखि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ ।
शुक्रबार (असोज ११ गते) देखि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेश, वाग्मती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै मेघ गर्जनरचट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित अति भारी वर्षाको समेत सम्भावना छ ।
शनिबार (असोज १२ गते) देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
साथै, देशका लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
आइतबार (असोज १३ गते) देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ ।
विभागले यस प्रणालीको प्रभावले विशेष गरी वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहाबको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सतर्क रहन आग्रह गरेको छ ।
