गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशी पक्राउ
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वनका लागि प्रहरीले आरोपित पक्राउ पर्न थालेका छन्। प्रहरीले आइतबार गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई नियन्त्रणमा लिएको छ। पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम हिनामिनामा संलग्न भएको देखिएको भन्दै प्रतिवेदनमा कारबाहीका लागि सिफारिस जोशीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौँबाट पक्राउ गरेको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले जोशीमाथि अनुसन्धान गर्नुपर्ने भएकाले नियन्त्रणमा लिएको जानकारी दिनुभयो।
गत बिहीबारको मन्त्रिपरिषद् निर्णय अनुसार आइतबार गृहमन्त्री रमेश लेखकले छानबिन प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो।