अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य भयो नेपाल – Nepalboli

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य भयो नेपाल

   २६ भाद्र २०८१, बुधबार  

नेपाल अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को सदस्य बनेको छ । नेपाल आईएसएको १०१ औँ सदस्य राष्ट्र बनेको हो । सोमबार दिल्लीमा आयोजित एक कार्यक्रममा नेपाललाई सदस्यता प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । गत जेठ महिनामा नेपालले प्रतिनिधिसभाबाट आईएसएको स्थापनासँग सम्बन्धित सम्झौता अनुमोदन गरेको थियो ।

सन् २०१५ मा भारत र फ्रान्सको संयुक्त प्रयासमा ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तनको असर कम गर्न आईएसएको स्थापना भएको हो । यो सौर्य स्रोतमा धनी देशहरूको गठबन्धन हो ।

सम्झौताका पक्ष राष्ट्रले आईएसएमार्फत आफ्ना आवश्यकता अनुरूप सौर्य ऊर्जा उत्पादन सम्बन्धी कार्यक्रमहरूमा सहकार्य गर्ने छन् । आईएसए कार्बन तटस्थ भविष्यको लागि सौर्य ऊर्जा अपनाउने अग्रसरतामा समर्पित विश्वव्यापी अन्तर सरकारी संस्था हो ।

प्राविधिक लागत र वित्तीय बाधाहरू कम गर्दै सौर्य लगानी प्रवर्द्धन गर्नु आईएसएको मुख्य लक्ष्य हो । किफायती सौर्य समाधानहरू लागू गर्न यसले विभिन्न सरोकारवालाहरूसँग सहकार्य गर्दै आएको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै