पाँचथर विस्फोटका मृतक परिवारलाई पाँच लाख र घाइतेको निःशुल्क उपचार – Nepalboli

पाँचथर विस्फोटका मृतक परिवारलाई पाँच लाख र घाइतेको निःशुल्क उपचार

   २०८१ भाद्र २६, बुधबार  

सरकारले पाँचथरको फालेजुङ गाउँपालिका ५ डाँडागाउँमा ग्रिनेड विस्फोटमा परी ज्यान गुमाएका परिवारलाई पाँच लाख राहत दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो ।

दुर्घटनामा पाँचथर फालेजुङ गाउँपालिका ५ भदौमा भएको विस्फोटनमा परी साढे २ वर्षीया प्रिन्सा र ११ वर्षका दिप्सन सावाँको मृत्यु भएको थियो ।

विस्फोटनमा घाइते दुई बालकको उपचारका लागि लाग्ने खर्च सरकारले बेहोर्ने निर्णय गरेको मन्त्री पौडेलले जानकारी दिनुभयो । घाइते १० वर्षका पवन राई र ७ वर्षका दिप्सन राईको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

केही दिन अघि मन्त्री पौडेल अस्पताल पुगेर उपचाररत बालकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा सरकारले सघाउने परिवारसमक्ष प्रतिबद्धता गर्नुभएको थियो । त्यसलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई राहत र घाइतेका लागि उपचारको निर्णय गरेको हो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै