‘ममाथि लगाइएको आरोपको निष्पक्ष छानबिन होस्’ – Nepalboli

‘ममाथि लगाइएको आरोपको निष्पक्ष छानबिन होस्’

   २०८१ भाद्र २५, मंगलवार  

नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सहकारी ठगीको विषयलाई लिएर आफूमाथि लगाइएको आरोपको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ । मङ्गलबारको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले सहकारी ठगीमा आफूमाथि गम्भीर आरोप लगाइएको भन्दै आरोपका छानबिन गर्न गृह मन्त्रालय र सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो ।

सहकारी ठगीको अन्तिम प्रतिवेदन सदनमा प्रस्तुत हुन लागेका बेला आफूमाथि लागेको आरोपप्रति आपत्ति जनाउँदै उहाँले शीघ्र छानबिन गरेर टुङ्ग्याइनुपर्ने बताउनुभयो । साथै उहाँले छानबिनमा सघाउने बताउनुभयो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै