खेलकुद क्षेत्र नेपाललाई विश्वभर चिनाउने कडी हो- सभापति देउवा – Nepalboli

खेलकुद क्षेत्र नेपाललाई विश्वभर चिनाउने कडी हो- सभापति देउवा

   २०८१ भाद्र २३, आईतवार  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रूपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताउनुभएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा पाराओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई सम्मान गर्दै देउवाले यस्तो बताउनुभएको हो ।

पार्टी कार्यालय सानेमामा आइतबार आयोजित कार्यक्रमबिच नेपाली कांग्रेसका सभापति देउवाले पलेशालाई पाँच लाख, प्रशिक्षक नेगी लामालाई एक लाख ५० हजार र पारा ओलम्पिकमा सहभागी अर्का खेलाडी भरतसिंह महतालाई ५० हजार रुपियाँ पुरस्कार र सम्मान पत्र प्रदान गर्नुभयो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै