विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा २ जना पक्राउ – Nepalboli

विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा २ जना पक्राउ

   २०८१ भाद्र १८, मंगलवार  

विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेको रोशी गाउँपालिका–६ लेखपानीका ३२ वर्षीय बुद्ध लामा र बर्दियाको गेरुवा गाउँपालिका–२ का ४३ वर्षीय मानबहादुर चौधरी छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार पक्राउ गरेको हो ।

उनीहरुले न्यूजिल्याण्ड, उज्वेकिस्तान लगायतका देशहरुमा रोजगारीका लागि पठाइदिने भन्दै ठगी गरेको प्रहरीको भनाइ छ । लामाले ७ जनाबाट १० लाख रुपैयाँ र चौधरीले ६ जनाबाट १२ लाख ५० हजार रुपैयाँ लिएर ठगी गरेको आरोप छ ।

पक्राउ परेका दुबै जनालाई वैदेशिक रोजगार विभागको कार्यालय पठाइएको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै