आठ महिनामा ६ हजारभन्दा धेरैलाई डेंगी संक्रमण, गण्डकी र बागमतीमा उच्च जोखिम – Nepalboli

आठ महिनामा ६ हजारभन्दा धेरैलाई डेंगी संक्रमण, गण्डकी र बागमतीमा उच्च जोखिम

   २०८१ भाद्र १७, सोमबार  

पछिल्लो आठ महिनामा ६ हजार भन्दा धेरै मानिसमा डेंगीको संक्रमण देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशका ७५ जिल्लामा यसको संक्रमण फैलिइसकेको छ। ७५ जिल्लाका ६ हजार ३ सय ४७ जना डेंगीबाट संक्रमित भएका छन् ।

यस अवधिमा डेंगीबाट ३ जनाको मृत्यु भएको छ। महाशाखाका अनुसार हाल गण्डकी र बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमण देखिएको छ। यी दुई प्रदेश उच्च जोखिममा छन् । २९ सय ५४ जनामा यसको संक्रमण देखिएको छ। यो कुल संक्रमणको ४६.५ प्रतिशत हो ।

यसैगरी, बागमती प्रदेशमा १६ सय २३ मानिस संक्रमित भएका छन्। सबैभन्दा कम संक्रमण कर्णाली प्रदेशमा छ । १० जिल्ला रहेको यस प्रदेशमा ९३ जना संक्रमित छन् ।

उच्च संक्रमण रहेको १० जिल्लामा तनहुँ पहिलो नम्बरमा छ । यहाँ १ हजार १ सय १६ जनामा संक्रमण फैलिएको छ । कास्की जिल्लामा ६ सय ४५, पर्वतमा ५ सय ८७, चितवनमा ५ सय १७ र काठमाडौँमा ५ सय ११ जनामा डेंगीको संक्रमण देखिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै