माओवादी केन्द्रको सुदुरपश्चिम परामर्श बैठक धनगढीमा सुरु, केन्द्रिय नेताहरु सहभागी – Nepalboli

माओवादी केन्द्रको सुदुरपश्चिम परामर्श बैठक धनगढीमा सुरु, केन्द्रिय नेताहरु सहभागी

   २०८१ भाद्र १२, बुधबार  

पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुग्नुभएको छ । उहाँ बुधबार बिहान धनगढी आइपुग्नु भएको हो । अध्यक्ष प्रचण्ड माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी हुन धनगढी आउनुभएको हो ।

उहाँ बुधबार र बिहीबार हुने माओवादी केन्द्रको परामर्श बैठकमा सहभागी हुनुहुनेछ। केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेतासँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक धनगढीमा सुरु गरिएको हो ।

जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र गण्डकी प्रदेशको बैठक सम्पन्न भइसकेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीको परामर्श लिने गर्नुभएको छ ।

प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गर्नुभएको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित रुपमा जनतामा जाने माओवादीको तयारी छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै