वैदेशिक रोजगारीका लागि गएको वर्ष ७ लाख ४१ हजार युवा बिदेशिए – Nepalboli

वैदेशिक रोजगारीका लागि गएको वर्ष ७ लाख ४१ हजार युवा बिदेशिए

   २०८१ भाद्र १२, बुधबार  

गत आर्थिक वर्ष २०८०-०८१ मा वैदेशिक रोजगारीका लागि नेपालबाट विश्वका विभिन्न देश जान अन्तिम श्रम स्वीकृति लिनेको संख्या ७ लाख ४१ हजार २ सय ९७ जना रहेको छ। वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो वर्ष २०७९-०८० को तुलनामा गत आर्थिक वर्षमा रोजगारीका लागि जाने कामदारको संख्या कम हो।

विभागका अनुसार अघिल्लो वर्ष ७ लाख ७१ हजार ३ सय २५ जना युवाले वैदेशिक रोजगारीमा जानका लागि अन्तिम श्रम स्वीकृत लिएका छन्। विभागका अनुसार गत आवमा कुल वैदेशिक रोजगारीमा जानेमध्ये ६ लाख ६१ हजार १ सय २५ पुरुष रहेका छन् भने त्यसमा महिलाको संख्या ८० हजार १ सय ७२ जना रहेको छ।

अघिल्लो आर्थिक वर्ष २०७९-०८० मा रोजगारीमा जानेमध्ये पुरुषको संख्या ६ लाख ९९ हजार १ सय ९३ रहेको थियो भने महिलाको संख्या ७२ हजार १ सय ३४ जना रहेको थियो। सम्रगमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेपनि महिलाको कामदारको संख्या भने बढेको छ।

विभागले दिएको तथ्यांकअनुसार महिला कामदारको संख्या १० प्रतिशतले बढेको हो। समग्रमा भने रोजगारीमा जाने कामदारको संख्या ४ प्रतिशले घटेको हो । विभागका अनुसार यो वर्ष सबैभन्दा बढी कामदार यूएई पुगेका छन्। वार्षिक महिनागत तथ्यांक भने केही दिनमा सार्वजनिक हुने विभागको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै