शरणार्थी शिविरमा इजरायली आक्रमण हुँदा तीनको मृत्यु – Nepalboli

शरणार्थी शिविरमा इजरायली आक्रमण हुँदा तीनको मृत्यु

   २०८१ भाद्र ६, बिहीबार  

वेस्ट बैङ्कस्थित प्यालेस्टिनी शरणार्थी शिविरमा बिहीबार भएको इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको कब्जा गरिएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले भने सशस्त्र आतङ्कवादीहरूमाथि आक्रमण गरिएको बताएको छ । उत्तरी वेस्ट बैङ्कको तुलकेरेम शिविरमा भएको आक्रमणको क्रममा तीन जनाको मृत्यु भएको रमल्लाहस्थित मन्त्रालयका प्रवक्ताले विज्ञप्तिमार्फत बताउनुभयो ।

इजरायली सेनाले तुलकेरेममा राति ‘आतङ्कवाद विरोधी अभियान’ सञ्चालन गरेको बताएको छ । विज्ञप्तिअनुसार इजरायली सैन्य विमानले सशस्त्र आतङ्ककारीहरूमाथि आक्रमण गरेको र स्थल सैनिकहरूले यस क्षेत्रमा सडकमुनि राखिएको विस्फोटक पदार्थहरू फेला पारेका थिए ।

अगस्टमा वेस्ट बैङ्कमा इजरायली आक्रमणले प्रति दिन औसतमा एकजना प्यालेस्टिनीको ज्यान गएको संयुक्त राष्ट्रसङले जनाएको छ । सन् २००० को दशकको सुरुमा प्यालेस्टिनी विद्रोहको दोस्रो इन्तिफादाको समयमा वेस्ट बैङ्कमा इजरायली हवाई आक्रमणहरू बारम्बार हुने गरेको थियो ।

लामो समयको युद्धविरामपछि अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणले गाजा पट्टीमा पुनः युद्ध निम्त्याउँदा पछिल्लो समयमा इजरायली कब्जामा रहेको वेस्ट बैङ्कमा हिंसात्मक गतिविधिहरू बढिरहेका छन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै