प्रजातान्त्रिक विचार धनुषाको आयोजनामा अन्तक्रिया सम्पन्न, तर्दथ समिति गठन – Nepalboli

प्रजातान्त्रिक विचार धनुषाको आयोजनामा अन्तक्रिया सम्पन्न, तर्दथ समिति गठन

   २०८१ भाद्र १, शनिबार  

प्रजातान्त्रिक विचार समाज धनुुषाको आयोजनामा शनिवार अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । समाजले जनकपुर स्थित नेपाल बार एशोसियनको सभाहलमा आयोजना गरेको मधेशमा प्रजातान्त्रिक मुल्य मान्यताको अवस्था र चुनौति विषयक कार्यक्रममा नेपाली काग्रेसका नेता महेश आचार्य प्रमख अतिथी थिए । नेता आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पुर्वमन्त्री तथा धनुुषा क्षेत्र नम्बर दुुईका प्रतिनिधीसभा संसद रामकृष्ण यादव, धनुुषा काग्रेसका सभापति योगेन्द्र पजियार, समाजका केन्द्रिय अध्यक्ष कुलचन्द्र वाग्ले, समाजका संरक्षक तथा पुर्वअध्यक्ष ढा केदारनरसिंह केसी, वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल सहित वरिष्ठ राजनितीक विश्लेषकहरु चन्द्रदेव भट र शंकर तिवारी अतिथीका रुपमा सहभागी थिए ।

कार्यक्रमलाई यी अतिथीहरुको साथै धनुुषाको प्राध्यापक, शिक्षक, प्रेस युनियन, डेमोक्रेटिक लर्यस सहितका प्रतिनिधीहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रम समाजका धनुुषाका अध्यक्ष नवीन झाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा झाको नेतृत्वमा धनुुषा शाखाको घोषणा समेत गरिएको छ । समितिमा लोचन साह-उपाध्यक्ष, हदिस खुुदार-उपाध्यक्ष, अजिता पासवान- सचिव, डा अश्विन कुमार झा-कोषाध्यक्ष र सदस्यहरुमा धनश्याम मिश्र, ईन्द्रेश झा, डा मनोज नन्दन झा, रितु कर्ण, संजीव झा, डा राजीव शर्मा, डा विभास गोइत, सुरेन्द्र झा, अजय साह, नितु मल्लिक र डा लक्ष्मी नारायण गोईत छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै