नेपाली कांग्रेसको पुर्नजागरण मधेशवाट मात्र सम्भव छ- नेता महेश आचार्य – Nepalboli

नेपाली कांग्रेसको पुर्नजागरण मधेशवाट मात्र सम्भव छ- नेता महेश आचार्य

   २०८१ भाद्र १, शनिबार  

नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री महेश आचार्यले पार्टीमा पुर्नजागरणको खाचो रहेको भन्दै त्यो मधेशवाट मात्र सम्भव रहेको बताएका छन । प्रजातान्त्रिक विचार समाज धनुुषाको शनिवार आयोजना गरेको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले अहिले अवस्थावाट पार्टी अगाडी वढन नसक्ने ठोकुवा गर्दै त्यसका लागी पार्टीमा पुर्नजागरण ल्याउने भन्दै त्यसले पार्टीमा ताजगी ल्याउने दावी गरे । उनले पार्टीको केन्द्रिय नेतृत्व देखि तल सम्मैको संरचनाले अगाडी वढनका लागी नयापनको खोजी गरिरहेको समेत बताए ।

आचार्यले नेपाली कांग्रेसको मुल शक्ति नै मधेश भएको र मधेशमा जव सम्म पार्टी नया ढंगले अघि नवढे पार्टी सम्रगमा अघि वढन नसक्ने दावी गरे । आर्चायले पार्टी सभापतिमा निर्वाचित भएपछि पनि गुट चलाउने नेताहरुको नेतृत्वले देश निकास नपाउने दावी गरेका छन् । उनले कांग्रेस र एमालेको बहुमतको सातबुँदेले प्रजातन्त्र बलियो नहुने र देशलाई निकास पनि दिन नसक्ने पनि बताए ।

प्रजातान्त्रिक विचार समाज धनुषाले जनकपुरधाममा आयोजना गरेको मधेशमा प्रजातान्त्रिक मुल्य मान्यताको अवस्था र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले पार्टी भित्र विरोधका कुनै पनि स्वर सुन्न नचाहने शेरबहादुर देउवा, केपि शर्मा ओली, प्रचण्ड जस्ता नेताहरुले देशलाई स्थिर बनाउन नसक्ने भन्दै बंगलादेश बन्ने डर सम्म रहेको औंल्याएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै