एक किलो १०४ ग्राम कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ – Nepalboli

एक किलो १०४ ग्राम कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ

   २०८१ श्रावण २९, मंगलवार  

एक किलो १०४ ग्राम कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्युरोको टोलीले दुई जनालाई पक्राउ गरेको हो। सोमबार काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वरस्थित एक होटलबाट ५८ वर्षीय तान्जानियन नागरिक जुमा अब्दुल्ला एमजीलाई पक्राउ गरेको हो। उनको शरीर र कोठामा तलासी लिँदा प्रहरीले नाइक लेखिएको झोलाभित्रबाट ८० वटा क्याप्सुलहरू बरामद गरेको हो।

उक्त क्याप्सुलमा एक किलो १०४ ग्राम कोकिन रहेको खुलेको हो। त्यसैगरी उक्त कोकिनको डेलिभरी लिन आएका भारतीय नागरिक के जुचोबेनी सोपोइलाई पक्राउ गरेको हो।

उनले ती कोकिन भारतमा लैजान लागेको प्रहरीले जनाएको छ। अवैध बजारमा उक्त कोकिनको ३ करोड ८७ लाख हुन आउने ब्युरोले जनाएको छ।

लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै