अमेरिकाले सत्ताबाट हटाइएको बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेखको दाबी – Nepalboli

अमेरिकाले सत्ताबाट हटाइएको बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेखको दाबी

   २०८१ श्रावण २८, सोमबार  

बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिनाले आफ्नो सत्ता पल्टाउन अमेरिकाको हात भएको बताएकी छन्। भारतीय अखबार इकोनोमिक टाइम्ससँग कुरा गर्दै हसिनाले यो कुरा सार्वजनिक रहेकी हुन्। अमेरिकाले मागिरहेको बंगालको खाडीको सेन्ट मार्टिन टापु अमेरिकालाई सेना राख्न दिएको भए आफूलाई यस्तो तनाव नहुने उनले बताएकी छन्।

हसिनाले अमेरिकाले बंगालको खाडी क्षेत्रमा सेना राख्न खोजेको तथा विशेष स्वार्थ भएको भनेको यो पहिलो पटक होइन । उनी प्रधानमन्त्री हुँदै दुई महिना अगाडि बंगलादेश, म्यानमार तथा भारतका मिजोरम तथा मणिपुर क्षेत्र समेटेर ईसाई मुलुक बनाइन लागेको बताएकी थिइन्।

इन्डोनेसियाबाट अलग भएको ईसाई देश पूर्वी टिमोर शैलीमा यस्तो देश दक्षिण एसियामा पनि बनाउन लागिएको उनको दाबी छ, तर प्रधानमन्त्री हुँदा हसिनाले त्यो बनाउन खोज्ने देश अमेरिका भनेर सीधै किटान नगरेर संकेतमा मात्रै भनेकी थिइन्।

अमेरिकाले बंगलादेशी आन्दोलनमा समर्थन गरेको थियो। अरु देशमा भएका आन्दोलनपछिका अल्पसंख्यकहरुको हिंसाविरुद्ध बोल्ने अमेरिकाले बंगलादेशमा भएको अल्पसंख्यक खासगरी हिन्दूमाथि भएको हिंसाको विरोधमा भने मुख खोलेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै