भारतीय विदेशसचिव मिस्री काठमाडौँमा- राष्ट्रपति, प्रधानमन्त्री सहित शिर्षनेताहरु संग भेटवार्ता – Nepalboli

भारतीय विदेशसचिव मिस्री काठमाडौँमा- राष्ट्रपति, प्रधानमन्त्री सहित शिर्षनेताहरु संग भेटवार्ता

   २०८१ श्रावण २७, आईतवार  

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमण यहाँ आइपुग्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उहाँलाई स्वागत गर्नुभयो । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुनेछ । साथै भारतका विदेशसचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

भारतका विदेशसचिवको यो भ्रमण नियमित हो । उहाँ हालै विदेशसचिवमा नियुक्त हुनुभएको हो । उहाँको यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो नीति’अन्तर्गत नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकतालाई प्रतिविम्बित गरेको कूटनीतिक क्षेत्रका जानकारहरूले बताएका छन् ।

भारतीय विदेश सचिव विक्रम मिस्री काठमाडौ आए पछि राष्ट्रपति रामचन्द्र पौडेल सहित प्रधानमन्त्री केपी ओली, काग्रेस सभापति शेरबहादुर देउवा, मओवादी अध्यक्ष पुुष्पकमल दहाल सहित शिर्ष नेताहरु भेटवार्ता गर्नुभएको छ।

राष्ट्रपति भवन शीतल निवासमा भएको शिष्टाचार भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो। सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेपाल भारत मिलेर काम गर्नुपर्ने बताउनुभयो। “हिमाल र पानीको सुरक्षामा नै मानवजातिको सुरक्षा निर्भर रहेको हुनाले जलवायु परिवर्तनको असर न्यूनीकरणमा दुवै देश मिलेर काम गर्न जरुरी छ”, राष्ट्रपति पौडेलको भनाइ उद्धत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भन्नुभयो।

प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार आइतबार दिउँसो विदेश सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभएको हो।

भेटमा नेपाल भ्रमणमा रहेको भारतीय प्रतिनिधि मण्डल र नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो।

विदेशसचिव मिस्री भोलि साउन २८ गते स्वदेश फर्कनुहुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै