जसपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि – Nepalboli

जसपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि

   २०८१ श्रावण २७, आईतवार  

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुने भएको छ। आगामी साउन ३० गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जनाइएको छ ।

एकताको राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक, अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल हुने जसपा नेपालले जनाएको छ । बैठक ललितपुरको सानागाउँस्थित थसी बैंक्वेटमा बस्नेछ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै