भारतका विदेश सचिव मिस्री दुई दिने नेपाल भ्रमणमा आउँदै – Nepalboli

भारतका विदेश सचिव मिस्री दुई दिने नेपाल भ्रमणमा आउँदै

   २०८१ श्रावण २५, शुक्रबार  

भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव मिस्री आइतबार नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणको क्रममा उनले नेपालमा उच्चस्तरीय भेटघाटको साथै दुई देशका परराष्ट्र सचिवको बिचमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने र पारस्परिक लाभकारी सहयोगलाई अगाडि बढाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

दुई छिमेकी देशबिचको नियमित भ्रमण रहेको उल्लेख गर्दै मन्त्रालयले विदेश मन्त्री मिस्री साउन २८ गते सोमबार भारत फर्किने कार्यक्रम रहेको जनाएको छ ।

विदेश सचिवमा नियुक्त भएपछि उनी पहिलोपटक नेपाल आउन लागेका हुन। परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार ‘नयाँ विदेश सचिव आउँदा दक्षिण एसियाको भ्रमण गर्ने प्रचलन’ अनुसार उनी नेपाल आउन लागेका हुन्।

मिश्री गत असार १४ गते भारतीय विदेश सचिव नियुक्त भएका थिए। विदेश सचिवमा नियुक्त भएपछि पहिलो भ्रमण भने उनले भुटानमा गरेका थिए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै