प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ३२ अर्ब, ८ वर्षमा ८२ अर्ब नाफा
नेपाल विद्युत् प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब रपियाँबाट उकालो लागेको छ । शुक्रबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा आयोजना गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
उहाँले प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि दुई खर्ब ११ अर्ब रुपियाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्ब रुपियाँ पुगेको जानकारी दिनुभयो ।
प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मूल्याङ्कन गरेको जानकारी दिनुहुँदै कार्यकारी निर्देशक घिसिङले जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको बताउनुभयो ।
घिसिङले ८ वर्षमा विद्युत प्राधिकरण ८२ अर्ब नाफामा रहेको बताए। शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो दोस्रो कार्यकालको तेस्रो वर्ष पूरा भएको अवसर पारी प्राधिकरणले गरेका उपलब्धिहरु सार्वजनिक गर्दै यस्तो बताएका हुन्।
‘८२ अर्ब नाफा यतिकै आएको होइन, महालेखा परीक्षक ले अडिट गरेर निकालेको हो,’ उनले भने, ‘८ वर्ष अगाडि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ।’ गत आर्थिक वर्ष २०८०-८१ मा मात्र खुद नाफा १३ अर्ब ३१ करोड रुपैयाँ रहेको बताए। आर्थिक वर्ष २०७३-०७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरण त्यसयता निरन्तर नाफामा गएको उनको भनाइ छ।