सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक कानुन समितिबाट पारित – Nepalboli

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक कानुन समितिबाट पारित

   २०८१ श्रावण २४, बिहीबार  

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले पारित भएको छ । समितिको आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।

समितिमा विधेयकका केही बुँदामा सहमति जुट्न नसकेपछि कार्यदल बनाइएको थियो । सो कार्यदलले जुटाएको सहमतिसहित विधेयक समितिबाट पारित भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै