मन्त्रिपरिषद्को निर्णय- मुख्य सचिव र राष्ट्रिय योजना आयोगका पदाधिकारी नियुक्त – Nepalboli

मन्त्रिपरिषद्को निर्णय- मुख्य सचिव र राष्ट्रिय योजना आयोगका पदाधिकारी नियुक्त

   २०८१ श्रावण १०, बिहीबार  

सरकारले नेपाल सरकारको कायम कायममुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

त्यसैगरी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरूको मनोनयन पनि सो बैठकले गरेको छ । आयोगको उपाध्यक्षमा पाल्पाका डा शिवराज अधिकारीलाई नियुक्त गरेको उहाँले जानकारी दिनुभयो । अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थतन्त्र प्राध्यापक हुनुहुन्छ । बैठकले आयोगका सदस्यहरूमा डा आरपी बिछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै